Lucky-Khabar_

युवा पत्रकार मिलन लिम्बू माओवादी पार्टी परित्याग गरि रास्वपाका उमेदवार !

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  इलाम २ को उपचुनावमा माओवादी पार्टी परित्याग गरेका युवा पत्रकार मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो पार्टिमा  ल्याउने भएको हो।No description available.

content ad p2

मिलन लिमबुले माओवादी त्यागेर गत चैत ४ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त  क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने भएको हो। रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ।

त्यसदिन सभापति रवि लामिछानेसहित पदाधिकारी इलाम २ पुग्दैछन्।

निरन्तर संवाद, इलाम २ को भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको सो पार्टीको उच्च स्रोतले बताएको छ। एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।

उम्मेदवार चयनका लागि सहमहामन्त्री बुर्लाकोटीसहित ६ जना सांसद इलाम पुगेर ६ वटै पालिकाको वस्तुस्थिति अध्ययन गरेका थिए।

सो क्षेत्रमा २०७९ मंसिर ४ गतेको चुनावमा रास्वपाले राम्रो मत पाएको थिएन। त्यही भएर रास्वपाले चर्चित व्यक्तिलाई उम्मेदवार बनाउन कोसिस गरेको थियो।

सुवास नेम्वाङको निधन भएलगत्तै केही नेताहरू इलाम पुगेर चर्चित व्यक्तिको खोजी नगरेका होइनन्। उनीहरूले इलाम–२ का व्यवसायी, पत्रकार, वकिल, शिक्षक वा अन्य दलमा रहेका प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा तान्ने कोसिस गरेका थिए।

उपयुक्त पात्र नभेटेपछि रास्वपाको रोजाइमा सुहाङ परेका थिए। तर, सुहाङलाई एमालेले कानुन विभागमा मनोनित गरेपछि त्यो ‘च्याप्टर क्लोज’ भएको थियो।

त्यसपछि रास्वपाले इलाममा जनमत भएका, चर्चित अनुहार खोजी गरेको थियो। नेताहरूको रोजाइमा पत्रकार समेत रहेका मिलन लिम्बू परेका थिए।

मिलनसँग रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री बुर्लाकोटी, सांसद सोविता गौतम लगायतले छलफल गरेका थिए।No description available.

सोमबार बिहान सभापति रवि लामिछानेले मिलनलाई फोन गरेर सहकार्यको प्रस्ताव राखेका छन्।

मिलनसँगको संवाद सकारात्मक भएपछि रास्वपाको सोमबार सिंहदरबारमा कोर टिममा यसबारे छलफल भएको थियो।

‘यद्यपि, रास्वपाले आन्तरिक चुनावबाट उम्मेदवार छनोट गर्ने बताएको छ। त्यसका लागि आगामी १७ गते सभापति लामिछाने इलाम जाँदैछन्। तर, रवि इलाम जानुअघि नै मिलनलाई चुनावी प्रचारमा लगाउने योजना छ।

रास्वपा सुरुमा अर्कै दलमा आबद्ध र पहिचानवादी भनेर चिनिएका नेतालाई उठाउने विषयमा केही समय हिच्किचाएको थियो। तर, स्थानीय तहबाटै पहिचानवादीलाई नै उठाउन सुझाव आएको सो पार्टीका नेताहरू बताउँछन्।

 

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर