१० रौतहट,रास्ट्रिय स्वतन्त्र पार्टि दोस्रो चोटी सरकारमा गएपछि पार्टि सभापति एवं गृह मन्त्रि रबि लामिछाने,शिक्षा मन्त्रि सुमाना श्रेष्ठ श्रम मन्त्रि डी.बि. अर्याल तथा खेलकुद मन्त्रि रबिराज भट्ट लगाएतले जनताको नजरमा राम्रो गर्दै छ| अब जनताको आशा जागेको छ भने भान भएको छ |त्यसैले नेपालि जनताको रास्वपा माथि लहर उठ्दै छ र बिभिन्न नगर,गाउ र वडा समेतमा रास्वपा गठन हुदैछ |
लागछ साचिकै देशमा यो सरकारमा भएको रास्वपाका मन्त्रि हरुले काम गर्दै गए भने मिशन ८४सफल होला जस्तो छ |त्यसैले तराईमा पनि रास्वपा गठन हुदै जादै छ र रौतहटको गुजारा नगरपालिकामा रास्वपाको ११ सदशीय नगर कमिटि गठन भब्य कार्यक्रमको बिचमा भएको छ |
सो कार्यक्रममा विशिस्टअथिति रास्ट्रिय स्वतन्त्र पार्टी मदेश प्रदेशका पार्टि सभापति तथा पार्टीका केन्द्रिय शदश्य ईन्जिनियर तपेश्वर यादव, प्रमुख अथिति रास्वपाको केन्द्रिय सदश्य डा.नन्दन यादव,रास्वपा मदेश प्रदेशका पार्टि महामंत्रि मनिष शाह , पार्टीका बिभिन्न नेताहरु,नगरका भरभ्लादमी,पत्रकार तथा सुरक्षा कर्मीको उपस्थिति थियो|
नगर कमिटि गठनमा गुजारा नगर पालिका रास्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापतिमा रौशन खातुन शेख ,उप सभापति जितेन्द्र साह कलवार ,सचिव राजहरण बन्ठा थारु तथा कोषाध्यक्षमा आश महमद मन्सुरी र सदश्यहरु छनौट भएको छ |सबैलाई प्रदेश शभापति तपेश्वर यादवले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका छन् भने रास्वपा जिल्ला सभापति प्रदिप साहले सामुहिक पद तथा गोपनियताको शफत दिलाएका छन् |



