Lucky-Khabar_

पर्साका युवा ज.स.पा नेता इश्वरचन्द्र यादव बसे गएराती प्रहरी हिरासतमा

१७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले ज. स. पा, युवा नेता इश्वरचन्द्र यादवलाई  रातभरि  हिरासतमा राखेर रिहा गरेको छ ।

content ad p2

ज.स.पा.का पूर्व महानगर अध्यक्ष यादवलाई पर्सा प्रहरीले गएराती बिर्ताको वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाएको छ ।गएराति पक्राउ गरेका यादवसहितका टोलीलाई आज रिहा गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगन्जको बर्गर हाउसमा वादविवाद गरेपछि यादवसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।जानकारी  अनुसार राती बर्गर हाउसमा ड्राइपोर्टका २ जनासहित यादवलाई नियन्त्रणमा लिएका थियौं । तर दिउँसो दुबै पक्षबीच सहमति भएपछि सबै जनालाई रिहा गरेको प्रहरी प्रवक्ता थापाले जनाए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर