Lucky-Khabar_

पर्सा प्रहरीको छापामारीमा २जना चाइनिज नागरिक पक्राउ, ह्याकर हुनसक्ने प्रहरीको आशंका

१७ वीरगञ्ज । वीरगञ्ज म.न.पा.का वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजले छापामारी  कार्य  गरेको छ ।

content ad p2

छापामारी गरि पर्सा प्रहरीले दुई जना चाईनिज  नागरिकलाई नियन्त्रणमा  लिएको हो ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक  कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा  कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरु   बरामद गरेको छ । No description available.

प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एस.एम.एस. बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि  कार्य  गर्दै आईरहेका थिए ।

गिरोहका थप केहि व्यक्तिहरु  पनि रहेका  र उनीहरूको खोजी भइरहेको प्रहरीको अनुसार  जानकारी भएको छ ।केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएकाे प्रहरीको आशंका थियो ।

 

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर