Lucky-Khabar_

पर्सा प्रहरीको छापामारीमा २जना चाइनिज नागरिक पक्राउ, ह्याकर हुनसक्ने प्रहरीको आशंका

१७ वीरगञ्ज । वीरगञ्ज म.न.पा.का वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजले छापामारी  कार्य  गरेको छ ।

content ad p2

छापामारी गरि पर्सा प्रहरीले दुई जना चाईनिज  नागरिकलाई नियन्त्रणमा  लिएको हो ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक  कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा  कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरु   बरामद गरेको छ । No description available.

प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एस.एम.एस. बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि  कार्य  गर्दै आईरहेका थिए ।

गिरोहका थप केहि व्यक्तिहरु  पनि रहेका  र उनीहरूको खोजी भइरहेको प्रहरीको अनुसार  जानकारी भएको छ ।केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएकाे प्रहरीको आशंका थियो ।

 

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर