Lucky-Khabar_

कुर्मी सशक्तीकरण मञ्च बिरगंज पर्साको बैठक सम्पन्न, रामनवी पूजा खुब धूमधामले मनाउने

वीरगञ्ज । कुर्मी सशक्तीकरण मञ्च बिरगंज पर्साको बैठक कुर्मी सेवा सदन रागढ़वामा   सम्पन्न भएको छ । वैठक मञ्चका अध्यक्ष दीपक पटेलको अध्यक्षतामा  बसेको थियो भने बैठकले विभिन्न  निर्णयहरु  गरेको छ ।

content ad p2

मुख्यत रामनवमीको अवसरमा बैशाख ५ गते रामनवी पुजाको धूमधामकोे साथ मनाउने तथा २४ घण्टा अस्तजाम पूजा गर्ने, राम नवमीका दिन वीरगञ्ज नगरमा श्रीरामको झण्डा लिई नगर परिक्रमा गर्ने अध्यक्ष दीपक पटेलले बताए ।No description available.

पर्सा जिल्लाको हरेक स्थानिय तहमा कुर्मी समाजका कमिटी बिस्तार गरि रामनवमीका दिन भवयतापूर्वक सहभागी गराउने र विगत वर्षमा गरेको रामनवमी पूजाको पनि समिक्षा गरी  उक्त आयोजक समितिलाइ धन्यबाद दिए र प्रचार प्रसार गर्ने लगायतका बारेमा  शनिबारका  वसेको बैठकले निर्णय गरेका छन् ।

उक्त  वैठकको  अध्यक्षता कुर्मी सशक्तीकरण मञ्च पर्सा को अध्यक्ष दीपक पटेल गर्नु भएको थियो ।

बैठकमा  सहभागी सहभागीहरु दीपक पटेल, राजेश पटेल, अनील पटेल, देव प्रकाश पटेल, मयनिधि पटेल, नरेश पटेल, गौरव सन्तोष पटेल, अनिल कुर्मी, दीपेन्द्र सिंह पटेल, सुरेन्द्र कुर्मी, बाके बीहरी पटेल, कवीर पटेल, हरेन्द्र पटेल लगायतका  उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर