Lucky-Khabar_

अब पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँले बढ्यो

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले भाउ  बढाइएको छ ।No description available.

content ad p2

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रति  लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा विराटविराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् आयल निगमको विज्ञप्ति

गञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

किन ट्रेन्डिङमा छन् युट्युबका ‘मुख्य समाचार’? यस्तो छ भ्यूज र भाइरल भिडियोको भित्री रहस्य।

लक्की खबर

नयाँ सरकारका निर्णयमाथि भर्चुअल दुनियाँमा महासंग्राम: तात्तातो बहसले ततायो इन्टरनेट

लक्की खबर