Lucky-Khabar_

न्यायाधिशले अन्याय गरेको भन्दै उच्च अदालत जनकपुरमा नाराबाजी, गर्ने हरुमाथि मानहानीको मुद्दा दर्ता

२३ चैत,जनकपुर । उच्च अदालत जनकपुरको इजलास नम्बर ४ ढोकामा न्यायाधिशले अन्याय गरेको भन्दै अदालतमै नारावाजी भएको हो ।

content ad p2

धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टी जनाउँदै नाराबाजी गरेका थिए ।जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाई पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टी जनाउँदै अदालत परिसरमै नारवाजी गरेका हुन् ।

घटनामा मारिएका रामसेवक राउतका छोरा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नारावाजी गरेका थिए ।
नारावाजी गरेको आरोपमा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले मानहानीको मुद्दा चलाएको छ ।

त्यस्तै  चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेस यादव र रासविहारी भन्ने लालविहारी यादवसहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला पल्टाउँदै अभियोग दाबीबाट सफाई दिएको छ ।

उच्च अदालत जनकपुरको इजलाश नम्बर ४ मा न्यायधिशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलाशले जिल्ला अदालतको फैसला पल्टाउँदै प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनाएको हो ।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा ०७१ साल चैत ८ गते राति भएको विवादमा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो  भने छ  ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर