१ वैशाख,काठमाडौं। गृहमन्त्री रवि लामिछानेले सडकमा खटिएका ट्राफिक प्रहरी तथा चालकहरुलाई मिठाइ बाढेर नयाँ वर्ष २०८१को सुरुवात तथा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।

आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला र खुशी प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले मिठाई तथा खुशियाली बाटेका छन् ।
नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृतहरु पनि सहभागी थिए ।
शुभकामना आदान प्रदानका क्रममा गृह मन्त्री लामिछानेले कर्तव्य पालनामा कुनै कमी नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।
सडकमा खटिएका प्रहरी,चालक तथा उपस्थित कर्मचारी र अन्य ब्यक्तिहरु खुशी भई रमाईरहेका थिए |


