३ वैशाख,वीरगञ्ज । जनता समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन जेठ २७, २८ र २९ गते
जनकपुरमा हुनेछ।जसपाले महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरेको छ। पार्टि अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीइ कार्यकारिणी समिति बैठकले महाधिवेशनका लागि कार्यतालिका बनाएको हो।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीइ कार्यकारिणी समिति बैठकले महाधिवेशनका लागि कार्यतालिका बनाएको हो।वैशाख ३ गतेभित्र संकलन गरिएका संगठित सदस्यता मात्रै मान्य हुने निर्णय पनि भएको छ।
वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने र त्रुटि देखिएमा वैशाख १५ गतेभित्र सच्याउनुपर्ने जसपाले जनाएको छ। वैशाख १६ गते सदस्यता अभिलेख सार्वजनिक हुनेछ।
वैशाख १७ देखि २० गतेसम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ भनि भएको छ ।
संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ। वैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ।
मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ। समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन्।
गत पुसमा जसपाको केन्द्रीय समितिको बैठकले आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ भनि जानकारीभएको छ ।


