५ बैशाख, काठमाडौं । न्यूरोड स्थित आफ्नो सुनको पसल रिद्दि सिद्दि ज्वेलर्सबाट घर जानेक्रममा न्यूरोड चोकमा नरेगुप्न्द्रतामाथि आक्रमणको प्रयास भएको छ भने गुप्ताले बताएको छ । विशाल बजारमा कुमकुम ज्वेलर्सका संचालक राजु शाहीले आफूलाई आक्रमणको प्रयास गरेको गुप्ताले रेसखवरलाई जानकारी दिए ।
सुन तस्करी विरुद्ध आवाज उठाउदै आएको अवस्थामा आफूलाई सुनको अवैध कारोवारीहरुले पटक पटक आक्रमणको प्रयास गरेको गुप्ताले बताए । न्यूरोडमा रहेको मेरो पसल लुट्ने धम्की दिएका छन, गुप्ताले भने “कालोबजारी, तस्कर र गुण्डागर्दीको बिरुद्ध बोल्दा आक्रमण गर्न खोजियो ।”

न्यूरोड चोकमा बसेको प्रहरीले आफूलाई सुरक्षित स्थानमा लगेर ज्यान जोगाएको गुप्ताले बताए । राजु शाहीसँग व्यक्तिगत कुनै रिइसिवी नभएको तर उसको पसलमा काम गर्ने कालिगढलाई मेरोमा काम नगर्नु भनेको थिए, गुप्ताले भने “यही बिषयमा म माथि आक्रमण गर्नुपर्ने कुनै कारण छैन, सुनको बेथितिको कुरा उठाउदै आएको छु सायद त्यसैले होला ।”
कुमकुम ज्वेलर्सका संचालक राजु शाही र दरवारमार्गमा रहेको आरके ज्वेलर्सका संचालक राजेन्द्र शाक्य व्यापारिक साझेदार हुन, गुप्ताले भने “सुनको अवैध धन्दाको कुरा उठाउदा उसले म माथि किन जाइलाग्नु पर्ने, यसमा राज्यले खोज्नु पर्छ ।” राजेन्द्र शाक्य ३३ किलो सुन तस्करी प्रकरणमा आरोपीत थिए ।
उनले भने “म अहिले जनसेवा प्रहरी बृत्त न्यूरोडमा आएको छु, मेरो पसल र मेरो सुरक्षा राज्यले गनुपर्छ ।” राजनीतिक र उच्च प्रशासनिक संरक्षणको आडमा भएको सुन तस्करीको भण्डाफोर गरेर राज्यलाई सहयोग गर्न खोज्दा आफ्नो ज्यान असुरक्षित हुन पुगेको गुप्ताले बताए ।
न्यूरोडमा रहेको जनसेवा प्रहरी बृत्तमा राजु शाहीका विरुद्ध ठाडो उजुरी दिएको गुप्ताले जानकारी दिए ।


