Lucky-Khabar_

सुन तस्कर र माफियाको विरुद्ध बोल्दा नरेन्द्र गुप्ता माथि आक्रमणको प्रयास

५ बैशाख, काठमाडौं । न्यूरोड स्थित आफ्नो सुनको पसल रिद्दि सिद्दि ज्वेलर्सबाट घर जानेक्रममा न्यूरोड चोकमा नरेगुप्न्द्रतामाथि आक्रमणको प्रयास भएको छ भने गुप्ताले बताएको छ । विशाल बजारमा कुमकुम ज्वेलर्सका संचालक राजु शाहीले आफूलाई आक्रमणको प्रयास गरेको गुप्ताले रेसखवरलाई जानकारी दिए ।
सुन तस्करी विरुद्ध आवाज उठाउदै आएको अवस्थामा आफूलाई सुनको अवैध कारोवारीहरुले पटक पटक आक्रमणको प्रयास गरेको गुप्ताले बताए । न्यूरोडमा रहेको मेरो पसल लुट्ने धम्की दिएका छन, गुप्ताले भने “कालोबजारी, तस्कर र गुण्डागर्दीको बिरुद्ध बोल्दा आक्रमण गर्न खोजियो ।”

content ad p2

न्यूरोड चोकमा बसेको प्रहरीले आफूलाई सुरक्षित स्थानमा लगेर ज्यान जोगाएको गुप्ताले बताए । राजु शाहीसँग व्यक्तिगत कुनै रिइसिवी नभएको तर उसको पसलमा काम गर्ने कालिगढलाई मेरोमा काम नगर्नु भनेको थिए, गुप्ताले भने “यही बिषयमा म माथि आक्रमण गर्नुपर्ने कुनै कारण छैन, सुनको बेथितिको कुरा उठाउदै आएको छु सायद त्यसैले होला ।”

कुमकुम ज्वेलर्सका संचालक राजु शाही र दरवारमार्गमा रहेको आरके ज्वेलर्सका संचालक राजेन्द्र शाक्य व्यापारिक साझेदार हुन, गुप्ताले भने “सुनको अवैध धन्दाको कुरा उठाउदा उसले म माथि किन जाइलाग्नु पर्ने, यसमा राज्यले खोज्नु पर्छ ।” राजेन्द्र शाक्य ३३ किलो सुन तस्करी प्रकरणमा आरोपीत थिए ।

उनले भने “म अहिले जनसेवा प्रहरी बृत्त न्यूरोडमा आएको छु, मेरो पसल र मेरो सुरक्षा राज्यले गनुपर्छ ।” राजनीतिक र उच्च प्रशासनिक संरक्षणको आडमा भएको सुन तस्करीको भण्डाफोर गरेर राज्यलाई सहयोग गर्न खोज्दा आफ्नो ज्यान असुरक्षित हुन पुगेको गुप्ताले बताए ।

न्यूरोडमा रहेको जनसेवा प्रहरी बृत्तमा राजु शाहीका विरुद्ध ठाडो उजुरी दिएको गुप्ताले जानकारी दिए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर

अमेरिकाको डाइभर्सिटी भिसा (DV) लटरी २०२७ 🇺🇸🇺🇸

लक्की खबर