१७ असार, जनकपुर।जन्ती बोकेको बस धनुषामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो भने जानकारी प्राप्त भएको छ ।

राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।


