१३भदौ,वीरगञ्ज । साढे एक लाख भन्दा बढीको भन्सार छलीका सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको छ ।
पर्साका विभिन्न स्थानबाट खटिएको प्रहरीले एक लाख ५५ हजार ८५० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ चिनीमिल निवासी सैफुल्लाह मियाँको घरबाट प्रहरीले ११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सुवास भट्टकाअनुसार चोरी पैठारी गरेर अवैध रुपमा भण्डारण गरिएको अवस्थामा सख्खर र युरिया मल बरामद गरिएको हो ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ दशगजा क्षेत्रबाट नौ कार्टुन कस्तुरी र तीन कार्टुन एम्विशन बरामद गरिएको डिएसपी भट्टले बताए । प्रहरीकाअनुसार बरामद गरिएको सबै सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।



