Lucky-Khabar_

कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशन

१३भदौ,कक्षा १२ को पुनर्योगको दोस्रो चरणको राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

जसमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै १३३ जनाको ए ग्रेड आएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो ।

content ad p2

जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए ।

तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले बताएको छ ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत बोर्डमा सम्पर्क गर्न जनाएको छ ।

सम्बन्धित खबर

हरिखेतान कलेजकी अञ्जलीले नेपालभर तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम बन्दै रचिन् इतिहास

लक्की खबर

नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

लक्की खबर

सेस्मी स्कुल वीरगञ्ज–३ मा शिक्षक क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लक्की खबर