Lucky-Khabar_

बिरगंजमा आज “आर्थिक मन्दी र अर्थ-राजनितिक निकास” बिषय अन्तरक्रिया कार्यक्रममा आर्थिक गतिविधि तीव्र बनाउन पहल गर्ने स्वर्णिम वाग्लेको प्रतिबद्धता

(राम आर्य)
२१भदौ,वीरगञ्ज ।वीरगञ्जमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको आयोजनामा ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको छ ।

content ad p2

रास्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले रहेका थिए। कार्यक्रममा बोल्दै वाग्लेले देशको आर्थिक गतिविधि शिथिल भएको अवस्थामा आर्थिक मन्दीको निकासका लागि तीव्र प्रयास आवश्यक रहेको बताए। उनले भने, “आर्थिक रुपमा सबल बन्नका लागि उद्योग, व्यापार, कृषि र अन्य आर्थिक गतिविधिहरूलाई गति दिनुपर्छ। नीतिगत, संरचनागत र व्यवहारिक समस्याहरूको समाधानका लागि संसददेखि विभिन्न समितिको बैठकमा म मुद्दा उठाइरहेको छु र आवश्यक पहल गर्दैछु।”

वाग्लेले आर्थिक संकटको समाधानका लागि अन्तर्राष्ट्रिय अनुभवलाई देशको परिस्थितिमा मिलाएर प्रयोग गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, “अहिले नेपालमा देखिएको आर्थिक मन्दी विश्वव्यापी आर्थिक संकटको भाग पनि हो, तर यसलाई हामीले नीतिगत सुधार र आवश्यक कदमहरू चालेर समाधान गर्न सक्छौं। वीरगञ्जजस्तो महत्त्वपूर्ण सहरलाई उपयुक्त सरकारी सहयोग र नीति निर्माणको जरुरत छ।”

उक्त कार्यक्रममा बिशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले पनि आर्थिक मन्दीको समयमा शिक्षा क्षेत्रको भूमिकाबारे चर्चा गर्दै, उद्यमशीलता र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए। उनले भने, “शिक्षा भनेको केवल ज्ञानको क्षेत्र मात्र होइन, यो समाजको आर्थिक विकासको आधार पनि हो। शिक्षाले उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्नुपर्छ, जसले दीर्घकालीन रुपमा आर्थिक मन्दीको समाधान गर्न मद्दत गर्छ।”

नीतिगत सुधारको आवश्यकतामाथि प्रकाश पारे। उनले भने, “वीरगञ्ज एक प्रमुख व्यापारिक सहर हो, तर यहाँका उद्योगहरू सरकारको ध्यानमा परेका छैनन् । यहाँका उद्योगी र व्यवसायीहरूलाई सरकारबाट आवश्यक सहयोग प्राप्त हुन सकेको छैन।” कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्रका समस्या र चुनौतीहरू प्रस्तुत गर्नु भयो |

यस्तै निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता लगायतले वीरगञ्जको आर्थिक गतिविधि, औद्योगिक समस्याहरू र सम्भावनाबारे चर्चा गरे।

कार्यक्रममा बरिष्ठ उद्योगी जगदिश अग्रवालले वीरगञ्जलाई सरकारको नीति निर्माणमा महत्त्वपूर्ण स्थान दिनुपर्ने माग गरे। अग्रवालले भने, “वीरगञ्ज औद्योगिक हबको रूपमा चिनिएको भए पनि यहाँका उद्योगीहरूलाई सहयोग नपाउँदा चुनौती थपिएका छन्। सरकारले यहाँका उद्यमीहरूलाई साथ दिने नीति बनाउनुपर्छ।”

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्राध्यापक डा. प्रमोद सर्राफ, विश्लेषक बिनोद गुप्ता, अर्थविद् डा. दिपेन्द्र चौधरी लगायतले पनि आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका विविध मुद्दाहरूमा आफ्नो भनाई राखे। वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, पत्रकार ध्रुव साह, पत्रकार राजु श्रेष्ठ लगायतले विभिन्न क्षेत्रका समस्या उजागर गर्दै सुझाव दिए।

कार्यक्रममा पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले वीरगञ्जलाई व्यवसायिक नगरी भनिए पनि सरकारको दृष्टिकोण नफेरिएको र यहाँका नागरिकहरूले पनि सरकारको प्रभावकारी काम देख्न नसकेको बताए। पन्तले भने, “वीरगञ्जजस्तो प्रमुख नगरीले सरकारबाट कुनै ठोस सहयोग पाउन नसकेको छ, यसकारण यहाँका व्यवसायिक र आर्थिक चुनौतीहरूको समाधानका लागि निरन्तर बहस र छलफल आवश्यक छ।”

रास्वपाका अभियान तथा प्रचारप्रसार विभाग मधेश प्रदेशका प्रमुख राम सर्राफले स्वागत मन्तव्य दिएका थिए भने, कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए।कार्यक्रमको अन्त्यमा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले धन्यवाद ज्ञापन गरेका थिए।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर

अमेरिकाको डाइभर्सिटी भिसा (DV) लटरी २०२७ 🇺🇸🇺🇸

लक्की खबर