Lucky-Khabar_

नेपाल प्रेस युनियन पर्साले २८ भदौंमा साधारण सभा गर्ने

२२ भदौ,वीरगञ्ज । नेपाल प्रेस युनियन पर्साले जिल्ला कार्यसमित पर्साको आज बसेको बैठकले भदौं २८ गते शाखाको साधारण सभा गर्ने निर्णय गरेको छ ।

content ad p2

प्रेस युनियनको केन्द्रिय कार्यालय गरेको पत्रचार अनुसार पर्सा शाखाले आफ्नो वार्षिक साधारण गर्न लागेको युनियन पर्साका अध्यक्ष विजय चौहानले बताए । पत्रकार महासंघको चुनाव मिति तोकिएपछि प्रेस युनियन पर्साले साधारण गर्नुको साथै चुनावी रणनीति तय गर्नका लागि समेत साधारण गर्न लागेको अध्यक्ष चौहानले जनाएका छन् ।

साधारण सम्पन्न गर्नका लागि जिल्ला कार्यसमितिले आजै ५ सदस्यीय साधारण सभात तयारी समितिसमेत गठन गरेको छ ।

प्रेस युनियन पर्साको उपाध्यक्ष अली असगर देवानको संयोजकत्वमा ५ सदस्यीय साधारण सभात तयारी समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कपिलदेव यादव, हुकम सिंह राजपुत, जगबहादुर पटेल र संजय गुप्ता रहेका छन् ।

त्यस्तै जिल्ला कार्यसमितिको बैठकले प्रेस युनियनको सदस्यता प्राप्त गर्नबाट छुटेका सक्रिय तथा प्रेस युनियनसंग आस्था राख्ने पत्रकारहरुलाई केन्द्रबाट पुनः नाम समावेश गराउने निर्णय गरेको पर्सा शाखाले जनाएको छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया,नूर आलम, हुकुमसिंह राजपुत,जंगबहादुर पटेल,ओमप्रकाश चौधरी,सन्जय गुप्ताहरुको सहभागीता थियो ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर