Lucky-Khabar_

मूर्तिकारको दशैं नजिकिएपछि व्यस्तता बढ्यो:

(राम आर्य)
२९ भाद्र, बिरगंज। दशैं आउन महिना दिन बाँकी छँदै बिरगंज महानगरपालिका मूर्तिकारलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।

content ad p2

सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मुर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैं बनाएर बिक्री गर्ने गरिएको छ भनि मूर्तिकार अमित कुमारको भनाई छ ।

दसैँको नवदुर्गामा बिरगंज महानगरपालिकामा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले बिरगंजमै निर्माण गरेर बिक्री वितरण गर्न गरेका छन् ।

त्यस्तै बिरगंजका चार पाच ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरिन्छ ।

दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूर्तिमा पूजा गर्ने चलन छ ।

अमित कुमारको अनुसार दिन रात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुर्ख्यौली पेसा हो ।

अमितकुमारले भने, ‘नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।’

उनका अनुसार २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ ।कुमारले आफू जस्तै अन्यलाई पनि रोजगारीसमेत दिएका छन् ।

बिरगंज बजार बाहेक गाउगाउमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ भनि उनले बताएको छ ।

दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको बिरगंज महानगरपालिका-१६ का मनोज पंडित कुम्हारले यस लक्की खबरलाई बताएको छ ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर