Lucky-Khabar_

नेपाल मेडिकल कलेजको प्रा.डा. जैनुद्धिन अन्सारी अध्यक्षमा निर्वाचित

२९ भदौ,।वीरगञ्ज। नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न कलेजको २४ औं वार्षिक साधारण सभाले प्रा.डा. अन्सारीलाई अध्यक्षमा चयन गरेको हो। उहाँ सफल मेडिकल व्यवसायी र सर्जन समेत हुनुहुन्छ।

नेपाल मेडिकल कलेजको अध्यक्ष पदमा लामो समयदेखि कार्यरत डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई पदभार हस्तान्तरण गरेका हुन्। साधारण सभाले प्रा.डा. अन्सारीको कुशल नेतृत्व, कार्यकुशलता र दक्षता हेरेर उहाँलाई सर्वसम्मत अध्यक्षको रूपमा चयन गरेको जनाएको छ। उहाँ यसअघि कलेजको प्रबन्ध निर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो।

नवनिर्वाचित अध्यक्ष प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा पुर्याउने र थप सफलतामा डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरू नै हुनुहुन्छ। पद त आउँछ जान्छ, तर हामी एकै ठाउँमा रहनुपर्छ। मलाई थप जिम्मेवारी प्राप्त भएको छ, र यहाँहरूले देखाउनुभएको विश्वासप्रति आभार प्रकट गर्न चाहन्छु,” उहाँले भन्नुभयो।

content ad p2

साधारण सभाले प्रा.डा. अन्सारीसँगै डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन र शाहनवाज अन्सारीलाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर