Lucky-Khabar_

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज।|नेशनल मेडिकल कलेज प्रा.लि. र डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता २०८२ साल पुस ३० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

सम्झौताअनुसार डि.ए.भी. आर.बी. केडिया स्कूलका बोर्ड सदस्य, कर्मचारी, खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूले नेशनल मेडिकल कलेजबाट विभिन्न स्वास्थ्य सेवा सुविधा प्राप्त गर्नेछन्। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत उपलब्ध गराइनेछ।

content ad p2

यस सम्झौताअन्तर्गत ओपीडी टिकट, जनरल बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा फार्मेसी सेवामा विशेष छुट र सुविधा प्रदान गरिने उल्लेख गरिएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ र डि.ए.भी. आर.बी. केडिया स्कूलका तर्फबाट प्रिन्सिपल श्री राकेश कुमार मिश्रले हस्ताक्षर गर्नुभएको हो।

एक वर्षका लागि लागू हुने यो सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै विद्यालयसँग आबद्ध व्यक्ति तथा परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर