बिरगंज | तमलोपा पर्सा जिल्लाका पूर्व जिल्ला अध्यक्ष तथा तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई आज वीरगन्जस्थित कन्ट्री इन होटलमा आयोजित कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले पार्टीमा स्वागत गरेका हुन्।

कुर्मीसँगै वीरगन्ज महानगरपालिका–१५ का सक्रिय युवा नेता लाल बाबु कुमार यादव पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरी पन्तले जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको बताए। उनले यसपटक सम्पूर्ण पर्सावासी एकजुट भएर ‘बलेन सरकार’ गठनका लागि अघि बढेकाले आगामी चुनावमा रक्सी, मासु र पैसाको प्रभाव नचल्ने दाबी गरे।
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्रा, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी, सोना लाल कुर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


