Lucky-Khabar_

हार्ने छुट छैन हामिलाई,मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छौं: रवि लामिछाने

(राम आर्य)
3१भाद्र,काठमाडौ।रास्वपा सभापति रवि लामिछाने पार्टी समेलन काठमाडौमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा भैइरहेको छ ।समेलन उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्दै पार्टीप्रति नागरिकको आकर्षण दिनप्रतिदिन बढिरहेको बताए।

सभापति लामिछानेले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरू राजनीतिमा हस्तक्षेप गर्न आएको स्पष्ट पारे। साथै, देशको परिवर्तनमा योगदान गर्नेहरूको अवमूल्यन नगर्ने भन्दै, आफुहरूले यसलाई सम्मान गर्ने उल्लेख गरे। उनले भने, “हामी समस्याको चाङमा छौं, र हाम्रो आगमन नै अरूका लागि समस्या बनेको छ।”

content ad p2

लामिछानेले आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई पार्टीप्रति आक्रमण पनि ठूलो हुने भएकाले तयार रहन निर्देशन दिए। उनले रास्वपाको यात्रा सहज नभएको बताउँदै, पार्टीले राजनीतिक परिवर्तनको संघर्षलाई शान्त विद्रोहका रूपमा मतपत्रको माध्यमबाट अघि बढाउने बताए।

सहकारी ठगी प्रकरणका विषयमा बोल्दै सभापति लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगीमा संलग्न नभएको बताएको जनाउँदै, गोर्खा मिडिया सञ्चालनमा आफू जवाफदेही रहेको समितिको निष्कर्ष आएको बताएको छ।

पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, विधान संशोधन लगायतका विभिन्न एजेन्डामा छलफल हुनेछ। भेलामा देशभरका १५ सय प्रतिनिधिले भाग लिइरहेका छन्।

पार्टीका अनुसार, भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै भेला मार्फत राष्ट्रिय अभियानको घोषणा र पार्टीको प्रथम महाधिवेशनको मिति पनि तय गरिनेछ भनि बताए।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर