१५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिको सरिसवा नदीमा रानीघाट पुलबाट हाम फालेकी किशोरीको शव फ्र्ला परेको छ ।

वडा नम्बर ११ र २४ जोड्ने रानीघाट स्थित सरिसवा पुलबाटगत आईतबार हाम फालेकी १७ बर्षीया किशोरीको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १७ बर्षीया छोरी राधिका कुमारी दास आइतबार नदिमा हाम फालेकी थिइन् ।३ दिनपछि मंगलबार(आज) बिहान रानीघाट पुलबाट १५० मिटर तल ती किशोरीको शव फेला परेको भारतीले जानकारी दिए ।

सरिसवा नदिमा हाम फालेपछि उद्दारका लागि प्रहरी परिचालन गरिए पनि नदीमा पानीको बहाव बढेका कारण समस्या भएको थियो । किशोरीले नदिमा हाम फाल्नुको कारण अझै पत्ता नलागेको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


