Lucky-Khabar_

पूर्वमन्त्री प्रभु साहले आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ बताए

२४ असोज,रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरु ‘बेइमान’ भएको बताएका छन् । राजनीतिक दलहरु मुलुक र जनतासंग गदारी गरेको आरोप उनले लगाए ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको ईनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले मुलुक र जनताको आवश्यक्ता एवं चाहना अनुसार राजनीतिक दल र नेताहरुले काम गर्न नसकेको पनि बताए ।

content ad p2

जनता र आफ्नो मतदातालाई धोखा दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनले बताए । आफ्नै मतदातासंग गरेको प्रतिबद्धता पुरा नगर्ने राजनीतिक दल र नेताहरुले भोट फिर्ता गर्नुपर्ने उनले सुझाएका छन् ।

तस्तै ‘एमाले र कांग्रेसले निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर निर्वाचनमा सहभागि भए । जनतासंग मत मागे, उनीहरुलाई जनताले मत पनि दिए । तर उनीहरुले आफ्नै मतदातालाई धोखा दिए । निर्वाचनमा मतदातासंग गरेको प्रतिबद्धता उनीहरुले कार्यान्वयन गरेनन्, यस्तोे अवस्थामा उनीहरु भोट फिर्ता गर्नुपर्छ की पर्दैन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘के कांग्रेसले एमालेसंग वा एमालेले कांग्रेससंग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि हुने । जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने ?’

जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखी नेताहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए । जनतालाई धोखा दिने नेताहरुले भोट फिर्ता गरेर आफ्ना मतदातासंग माफी माग्नुपर्ने उनले बताए । वा जनतासंग जे प्रतिबद्धता गरिएको थियो सोही अनुसार राजनीतिक दल, नेताहरुले काम गर्नुपर्ने उनले बताए ।

‘निर्वाचनको बेलामा एउटा कुरा गर्ने, निर्वाचन पछि अर्को काम गर्ने । आफैले बोलेको कुरा पुरा नगर्ने दोहोरो चरित्र देखाउने नेताहरुलाई गाउँ गाउँबाट लखेटनुपर्ने आवश्यक्त छ । यिनीहरुकै कारण मुलुकको बिकास हुन सकेन, युवाहरुले रोजगार पाउँन सकेनन्’ साहले भने, ‘लाखौं युवाहरु बेरोजगार छन, खाडी मुलुक जानुपर्ने, ठगिनुपर्ने अवस्था छ । तर यि नेताहरु मुलुकमा भ्रष्टाचार गर्ने, विदेशमा पैसा थुपार्ने, मुलुकलाई कंगाल बनाउँने काममा लागेका छन् ।’

बिभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरुलाई गाउँ पस्न नदिन उनले आह्वान गरे । जनतालाई भ्रममा राखेर लुट मचाएका त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने साहले बताए ।

सो कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

जसपा नेपालको भावी नेतृत्वबारे चर्चामा अमरेन्द्र यादवको पनि नाम जोडियो

लक्की खबर

कमन जेनजी नेपालको केन्द्रीय समिति विकेश साहको अध्यक्षमा पुनर्गठन

लक्की खबर

रवि लामिछानेको पहलमा खुल्यो संसद, हर्क साम्पाङको असहमति कायम

लक्की खबर