Lucky-Khabar_

बर्दियामा १६ वर्षीया किशोरीको करणी गरेको अभियोगमा युवक पक्राउ

२८असोज्, बर्दिया|१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ युवक पक्राउ परेका छन्। प्रहरीले बताए अनुसार बर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू आइतबार साँझ पक्राउ परेका हुन्।

किशोरीलाई थारूले सोही नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त करनी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराको छ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर