Lucky-Khabar_

बाबु-छोराबीच मदिरा सेवनपछि विवाद हुदा छोराले आफ्नै पेटमा चक्कु हाने

२९ असोज,दाङ|दाङमा बाबु-छोराबीच मदिरा सेवनपछि विवाद हुदा छोराले आफ्नै पेटमा चक्कु हानेछ | पेटमा चक्कु प्रहार गर्दा दाङको बबई गाउँपालिका-४ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीया अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रकाश थापाले जनाए।

content ad p2

बुबासँग विवाद भएपछि तामाङले पेटमा चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार तामाङले मदिरा सेवन गरेर बुबासँग विवाद भएको थियो।

चक्कु प्रहारबाट घाइते भएका अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिए पनि उनको आज बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर