३० असोज, काठमाडौं । प्रहरीले गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको २ वटा डोजर नियन्त्रणमा लिएको छ ।

पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो भनि महानगरका प्रेस संयोजक सुरेन्द्र महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंले बताए ।
सोहि क्रममा नेपाल प्रहरीको टोली पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको २ वटा डोजर नै नियन्त्रणमा लिएको उनले जनाए ।
बजगाईंका अनुसार २२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएकोलाई कार्यान्वयनका लागि जाँदा अवरोध गर्ने काम भयो ।

महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच घमसाघमसी भई तनाव भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाएका थिए ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । सो क्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद उतपन्न भइरहेको छ ।

यसैबीचमा नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरु खटिएको भनि बताउन गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले ,”हामीले शान्ति सुरक्षा कायम गराउन मात्र खोजेका हौं ।महानगरका डोजर नियन्त्रणमा नलिएको जनाएको छ|”



