Lucky-Khabar_

प्रहरीले काठमाडौं महानगरको २ डोजर नियन्त्रणमा लियो

३० असोज, काठमाडौं । प्रहरीले गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको २ वटा डोजर नियन्त्रणमा लिएको छ ।

content ad p2

पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो भनि महानगरका प्रेस संयोजक सुरेन्द्र महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंले बताए ।

सोहि क्रममा नेपाल प्रहरीको टोली पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको २ वटा डोजर नै नियन्त्रणमा लिएको उनले जनाए ।

बजगाईंका अनुसार २२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएकोलाई कार्यान्वयनका लागि जाँदा अवरोध गर्ने काम भयो ।


महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच घमसाघमसी भई तनाव भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाएका थिए ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । सो क्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद उतपन्न भइरहेको छ ।

यसैबीचमा नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरु खटिएको भनि बताउन गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले ,”हामीले शान्ति सुरक्षा कायम गराउन मात्र खोजेका हौं ।महानगरका डोजर नियन्त्रणमा नलिएको जनाएको छ|”

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर