१ कात्तिक,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक भएको शवको पहिचान भएको छ ।

मृत अवस्थामा फेला परेको पुरुष वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका विरेन्द्र साह सोनारको रहेको छ भनि जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएको छ |
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनु भयो ।


साहको हत्या गरिएको हो उहाँ अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान शुरु गरेको बताउनुभयो ।
आज बिहान हिँडडुल गर्न निस्केका स्थानियले नहर छेउमा शव देखेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव परेको स्थलमा पुगेर शवको पहिचान गरेको हो ।


