Lucky-Khabar_

उपनिर्वाचन : तीनवटा पालिकामा उपप्रमुख र उपाध्यक्षका उम्मेदवार महिला हुनुपर्ने

१ कात्तिक,काठमाडौं । निर्वाचन आयोगले पुरुष प्रमुख र उपप्रमुख भएको स्थानीय तहमा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिएको छ ।

content ad p2

बुधबार बसेको निर्वाचन आयोगको बैठकले यस अघि पुरुष उम्मेदवार विजयी भएको पालिकामा हुने आगामी मंसिर १६ गतेको उपनिर्वाचनमा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिएको हो ।

‘…२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको यो निर्देशनअनुसार मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा राजनीतिक दलहरूले जाजरकोटको नलगाड नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकामा महिला उपप्रमुख र उपाध्यक्षका उम्मेदवार उठाउनुपर्ने भएको हो ।

यी पालिकामा २०७९ सालमा भएको निर्वाचनमा प्रमुख र अध्यक्षमा पुरुष उम्मेदवार विजयी भएका थिए ।एजेन्सी

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर