१कार्तिक,काठमाडौं| काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरु आफूले एमबीबीएस पढ्दा कलेजलाई बुझाएको अतिरिक्त शुल्क फिर्ता गर्न आन्दोलन गरेका छन् ।

केएमसी अक्टोबर १८ ब्याचका ७४ जना विद्यार्थीहरुले २ महिनाअघि एमबीबीएस उत्तीर्ण गरेका थिए । उनीहरुले एमबीबीएस उत्तीर्ण गरेपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा इन्टर्न गर्दै आइरहेका थिए ।

त्यस्तै इन्टर्न डाक्टरहरुले कलेजलाई इन्टरनल एक्जाम फि १ लाख ८० हजार, रजिस्ट्रेसन फि १५ हजार गरेर ४ लाख ९० हजार अतिरिक्त शुल्कसहित ५१ लाख २५ हजार रुपैयाँ बुझाएको जनाएको छ । केएमसी अक्टोबर १८ का ब्याचका इन्टर्न डा.हृदयराज संग्रौलाले अतिरिक्त शुल्क फिर्ता गर्न २०८१ भदौ २० र असोज ६ गते गरेर दुई पटक निवेदन दिए पनि कलेजले कुनै प्रतिक्रिया नदिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।उनले भने,”कलेजले यथाशीघ्र इन्टर्न डाक्टरहरुसँग लिखित सहमति नगरेको खण्डमा कानुनी उपचार खोज्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं” ।



