Lucky-Khabar_

माइतीघरमा लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै प्रदर्शन

१ कात्तिक,काठमाडौं । प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

content ad p2

बिहीबार काठमाडौंको माइतीघरमा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।


विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गरे । उनले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

रावलले अनेरास्ववियु क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको स्पष्ट पारे । संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

वीरगञ्ज–७ मा फोहोर व्यवस्थापनमा अनियमितताको आरोप, रकम नदिँदा फोहोर नउठाएको स्थानीयको गुनासो

लक्की खबर