Lucky-Khabar_

धोती, कुर्ता र सारी लगाएर जनकपुरमा जुलुस निकालियो

३ कात्तिक,जनकपुर । जनकपुरमा मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन्।

content ad p2

पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन्।

त्यस्तै धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा÷युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन्। मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरुले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताइन्।

जलानले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडि बढाएको बताए। यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाई गरेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्यक छठ घाटमा लैजाने अभियान रहेको बताए।

उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे। युवतीहरुमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गरे।

सम्बन्धित खबर

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर

वीरगञ्जका अधिवक्ता विनय सिंहका छोरा निखिल सिंह राजपूत नाबालिकामाथि बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा

लक्की खबर

मधेशको तनाव समाधानका लागि गृहमन्त्री र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

लक्की खबर