Lucky-Khabar_

रवि लामिछानेको पक्राउविरुद्ध रौतहटमा रास्वपाको प्रदर्शन सहित प्र्जिअ मार्फत ज्ञापनपत्र

४ कार्तिक्,रौतहट ।आईतवार रौतहटको सदरमुकाम गौरमा रास्वपाका नेता-कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । सरकारको कदमको विरोध स्वरूप शान्तिपूर्ण र्‍याली निकाली लामिछानेको रिहाइको माग राखी बिभिन्न नारा सहित सहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनको क्रममा गौर बजारमा भएको राईस मिलको फिल्डमा जम्मा भई सो क्षेत्रबाट गौर बजारको परिकरमा शान्तिपूर्ण जुलुस निकालिएको थियो |
उक्त र्‍यालीले नगर परिक्रमा गर्दै सरकारको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्घयालयमा पुगेको थियो र कोणसभा गरि प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाईएको थियो |

content ad p2

जुलुस र कोणसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । कोणसभामा बोल्दै रास्वपाका मदेश्प्रदेस पार्टी प्रवक्ता रंजित रामले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यका शक्तिहरू प्रयोग गरिएका छन् ।”

त्यस्तै रास्वपा जिल्ला सभापति प्रदिप साहले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने बताए ।

साहले लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भने । उनले काँग्रेस-एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाए । “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष साबित गर्नेमा हामी विश्वस्त छौँ ।”

कोणसभाको सहजीकरण रास्वपा जिल्ला सभापति प्रदिप साहले गरेका थीए । रयाली तथा कोणसभामा जिल्ललाका बिभिन्न नेता कार्यकर्ता हरुको उपस्तिथि तथा जिल्ल सभापति प्रदिप साहको नेतृत्वमा भएको जुलुस र कोणसभामा अरु पार्टी पदाधिकारीहरु उपस्थिति थिए ।

त्यसतै रास्वपा पार्टी रौतहट क्षेत्र नं.२का पार्टी उपसभापति आर्य विवेक पटेल(गुड्डु)ले बताए अनुसार देशभर रास्वपाका समर्थकहरू लामिछानेको पक्षमा एकताबद्ध छन् र सरकारको कदमले कार्यकर्ताहरूलाई कुनै असर पार्न सकेको छैन ।

रास्वपाका नेता-कार्यकर्ताहरूले सरकारको यो कदमलाई अस्वीकार्य भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन् ।

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर