६ कात्तिक, वीरगञ्ज। ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा माइकिङद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्बन्धी सुरु गरेको छ।

यो अभियान १५ दिनसम्म वीरगञ्ज महानगरभित्र सञ्चालन हुनेछ। त्यसपछि पर्सा जिल्लाका अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गरिने योजना छ। उक्त जानकारी ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका बताएको छ |
माइकिङ अभियान अन्तर्गत सवारी चालक र सर्वसाधारणलाई सडकको सुरक्षित प्रयोगका विभिन्न उपायहरूबारे जानकारी गराइनेछ।
त्यस्तै रातको समयमा साइकल वा मोटरसाइकल चलाउँदा चम्किने लुगाको प्रयोग गर्न र सवारी चलाउँदा हेडलाइटको लो बिमको प्रयोग गर्न सुझाव दिइएको छ। हाई बिमको प्रयोगले अगाडिबाट आइरहेको सवारी चालकलाई असर पुगेर दुर्घटना हुन सक्ने भएकाले यसको प्रयोग नगर्न आग्रह गरिएको छ।
बालबालिकालाई सडक पार गराउँदा हात समाएर हिँडाउन, जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न, र बृद्ध, अशक्त तथा फरक क्षमता भएका व्यक्तिहरूलाई बाटो काट्न सहयोग गर्नुपर्ने कुराहरू माइकिङद्वारा सम्प्रेषण गरिनेछ। साथै, कुनै पनि सवारी दुर्घटना देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न र दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ।प्रहरी निरीक्षक भट्टका बताएको छ |
सवारी चलाउँदा अनिवार्य रूपमा ब्लु बुक र लाइसेन्स बोक्नुपर्ने, फुटपाथ भएको स्थानमा फुटपाथमै हिँड्नुपर्ने, फुटपाथमा सवारी पार्किङ नगर्नुपर्ने, लेन अनुशासन पालना गर्नुपर्ने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्नुपर्ने जस्ता नियमहरूको पालना गर्नु जरुरि छ भनि बरिष्ठ प्रहरी नायब निरीक्षक गुण निधि खकुरेल जानकारी दिएकोछ।


