Lucky-Khabar_

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिंहदरबार भित्र कर्मचारीहरुको प्रदर्शन

२५ कार्तिक, काठमाडौं । सिंहदरबार भित्रै नेपालको मुख्य प्रशासनिक क्षेत्र कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेश बिरुद्ध सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका हुन्।

अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

content ad p2

उनीहरुले प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुर्‍याउनसक्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए। साथै कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न आग्रह गरेका छन्।

आफ्ना मागका बिषयमा थप दवाव दिनका लागि उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन्।

सिंहदरबार स्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको प्रदर्शन चलिरहँदा तालुकदार मन्त्री राजकुमार गुप्ता भने गृहजिल्लाको निर्वाचन क्षेत्रमा सडक शिलान्यासमा व्यस्त रहेका छन् ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर