Lucky-Khabar_

१५ दिनपछि आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

२५कार्तिक,काठमाण्डौ| आफ्नै बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-७ धारापानी स्थित पुजारी थुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठ रहेका छन्।


७४ वर्षीय बल बहादुर श्रेष्ठलाई अंशबारे भएको विवादपछि छोराले आग्लोले हानेका थिए। आग्लोले हानेर बुबा ढलेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

content ad p2

राति खाना खाएपछि रामलालले बुबासँग अंश माग गरेका थिए। बुबाले सबै भाइलाई बोलाएपछि मात्र अंश दिने बताएका थिए। यसै विषयमा बाबुछोराबीच भनाभन भयो। त्यस लगत्तै छोराले हँसिया उठाए।३/४ पटक बाबुको अनुहारमा प्रहार गरे। त्यसपछि ढोकामा भएको आग्लो निकालेर हाने। बुबा ढलेपछि घाँटी थिचेर हत्या गरे। हत्या गरेर फरार भएका उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर