Lucky-Khabar_

वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुदा १७ जना घाइते

७मन्सिर्,वीरगञ्ज । मकवानपुरको चुरीयामाई मन्दिर नजिक वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसदुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

content ad p2

पूर्वपश्चिम लोक मार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्ने चुरीयामाई मन्दिर नजिकै ग २ ख १६२१ नम्बरको बस शुक्रवार बिहान ९ बजेर २० मिनेट जाँदा ब्रेक फेल भई सडक छेउ खोलाको डिलमा पल्टिएको हो ।

दुर्घटनामा घाइते भएकोमा मध्ये अधिकांशको अवस्था सामान्य रहेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बर्ताएको छ । घाइतेहरूको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

सम्बन्धित खबर

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा माइतीघरमा हिन्दुवादी सङ्गठनको प्रदर्शन

लक्की खबर

सिमरामा स्कुटर–मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा वीरगञ्जका १७ वर्षीय लक्की सर्राफको मृत्यु

लक्की खबर

भारतीय बसको ठक्करबाट धादिङमा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

लक्की खबर