Lucky-Khabar_

रास्वपामा रवि जोगाउने कि पार्टी:सकसमा छ कार्यकर्ता

९ मंसिर,काठमाडौं।रास्वपामा रवि जोगाउने कि पार्टी स्वास्वपाका नेता–कार्यकर्ता हैरानीमा छन्। सहकारीको रकम अपचलन आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै नेता–कार्यकर्ताले सास्ति खेप्नु परिरहेको छ।

content ad p2

रवि पक्राउ पर्नुअघि चुलिँदो रास्वपाप्रतिको जनलहर घटेको छ। । प्रहरी हिरासतमा रहेका उनीविरुद्ध एकपछि अर्को सहकारी रकम अपचलनका उजुरी पर्न थालेपछि त्यो टेको कमजोर बन्न पुगेको छ।

२०८४ सालको आम निर्वाचनमा सर्वाधिक मत हासिल गर्ने लक्ष्य बोकेको संसदको चौथो ठूलो दल रास्वपाको अवस्था यतिसम्म नाजुक भएको छ कि उसले आगमी १६ मंसिरमा हुने स्थानीय उपचुनावमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार नै उठाएन।

देशभर रिक्त रहेका ४४ स्थानीय तह मध्ये रास्वपाले १६ ठाउँमा उम्मेदवार उठाएन।कीर्तिपुरमा नगर सभापति जयराम कार्कीको एकल दाबेदारी परे पनि रास्वपाले मानेन।
पार्टी सभापति थुनामाको बेला चुनाव लाग्यो । चुनावमा नजाँदा रविबिना रास्वपा केही रहेनछ भन्ने सन्देश जान्छ । चुनावमा जाँदा परिणाम के हुन्छ भन्न गाह्रो
देखिन्छ ।

पार्टीकातर्फबाट उम्मेदवार नउठाएपछि सहायक प्रवक्ता मनिष झाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग मिलेर स्वतन्त्रमध्येकै एकलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका सरसफाइ अभियन्ता राजमान महर्जन (मानव) लाई बालेनसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ लगायतको समर्थन रहेको बताइन्छ।

स्थानीय उपचुनाव नयाँ दल रास्वपाका लागि शक्ति परीक्षणको मौका भए पनि उपनिर्वाचन अघि नै पार्टी त्यसमा चुकिसकेको छ।

रवि पक्राउको विरोधमा सडकमा उत्रिएको रास्वपालाई आन्दोलन फलामको च्युरा जस्तै बनेको छ। आन्दोलन नगरौं पार्टी सभापति हिरासतमा छन्, गरौं भने जनताको विश्वास कम हुन्जान्छ।

२०७९ असार १७ मा रास्वपाको जन्म भएको थियो। पार्टी स्थापनाको ६ महिना मै आमनिर्वाचनमा १९ सिट जितेर रास्वपा संसदको चौथो शक्ति बन्यो। ५ महिनालगत्तै भएको उपनिर्वाचनमा थप दुई ठाउँमा जितेर रास्वपाले आफ्नो क्षमता र प्रभावलाई थप पुष्टि ग¥यो। चितवन–२ मा सभापति लामिछानेले दोस्रो पल्ट पटक चुनाव जित्दा तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी भए।

त्यसपछि रास्वपामा जानेहरूको लहर नै चल्यो। तर, त्यो स्थायी बन्न सकेन।२०८१ कार्तिक २ सम्म आइपुग्दा रास्वपा कमजोर भयो कि अवस्थामा पुगेको छ। रविको पक्षमा पार्टी सडक आन्दोलनमा उत्रिनुको औचित्यबारे जनता अन्बिग्य छ |

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनेमा प्रहरी छ। कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा उनीमाथि प्रहरी अनुसन्धान भइहरेको छ।

यतिबेला रविको समर्थनमा उनलाई पछ्याउनेहरूको संख्या घट्दै गएको छ कि जस्तो लाग्छ । मंसिर ८ बाट गर्ने भनिएको प्रदर्शन रास्वाले स्थगित नै गरिसकेको जस्तो छ। कार्यवाहक प्रवक्ता मनीष झा प्रदर्शन जारी राख्ने निर्णय भए पनि स्वरूप फेरिने बताउँछन्।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर