Lucky-Khabar_

वीरगञ्जको भाटभटेनी सुपर मार्केट स्वदेशी उत्पादनको उपेक्षा विदेशी चुइगमलाई प्राथमिकता

१५मन्सिर,वीरगञ्ज । सुपर मार्केट वीरगञ्ज शाखामा विदेशी उत्पादनलाई मात्र प्राथमिकता दिएको पाइएको छ।

content ad p2

मार्केटका सञ्चालक मिन गुरुङले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए पनि व्यावहारिक पक्षले भने त्यसको ठीक विपरीत भएको देखाएको छ। वीरगञ्जको भाटभटेनीमा नेपालमा उत्पादित उत्कृष्ट चुइगमहरूको स्थान नदिइ विदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ।


विदेशीभन्दा गुणस्तरयुक्त र सस्तो नेपाली चुइगम उपेक्षित
नेपाली चुइगम, जस्तै “स्प्रिङ” र “सुजलगम”, गुणस्तर र स्वादका हिसाबले विदेशी उत्पादनभन्दा उत्कृष्ट रहेको बताइन्छ। यस्ता चुइगम विदेशीभन्दा करिब ८० प्रतिशत सस्तो पर्छन्। उदाहरणका लागि, प्रति १३ ग्रामको नेपाली चुइगमको मूल्य रु. १० मात्र पर्न सक्छ, जबकि सोही तौलको विदेशी चुइगमको मूल्य रु. ४८ देखि रु. ४९ सम्म पर्छ।

यस्तै भाटभटेनी सुपर मार्केट वीरगञ्जको शोकेसमा नेपाली चुइगमहरू देख्न नपाइने गुनासो उपभोक्ताहरूले गरेका छन्। नेपाली उत्पादक र विक्रेताले स्वदेशी चुइगमलाई स्थान दिन पटक–पटक आग्रह गर्दा पनि सुपर मार्केट व्यवस्थापनले कुनै चासो नदेखाएको व्यवसायीहरूले बताएका छन्।

सरकारी नीति उलंघन र उपभोक्ता ठगीको आरोप
राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न नीतिगत निर्देशन जारी गरे पनि भाटभटेनी सुपर मार्केटजस्ता ठूला खुद्रा पसलहरूले तिनलाई बेवास्ता गर्दै आएका छन्। उपभोक्ताहरूले विदेशी उत्पादनलाई मात्र स्थान दिएर नेपाली उत्पादनलाई पाखा लगाउनु उपभोक्ता ठगीसँगै राष्ट्रको अर्थतन्त्रप्रति घात भएको टिप्पणी गरेका छन्।

नेपालका उत्पादनले गुणस्तर, स्वाद र किफायती मूल्यको हिसाबले राम्रो प्रतिस्पर्धा गर्न सक्ने भए पनि भाटभटेनी सुपर मार्केटजस्ता खुद्रा पसलहरूले विदेशी उत्पादनलाई मात्र प्राथमिकता दिनु चिन्ताजनक रहेको उपभोक्ताहरूको साझा गुनासो छ।
बाकि भाटभटेनी सुपर मार्केटका व्यवस्थापन पक्षको स्पष्ट धारणा आउन बाँकी छ।

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

काम कति गर्नुभयो, हिसाब चाहियो’: संवैधानिक पदाधिकारीको ‘सेल्फ रिपोर्ट कार्ड’ बाध्यकारी बनाउन माग

लक्की खबर

वैदेशिक रोजगारीमा ठुलो फड्को: सात देशसँग नयाँ श्रम सम्झौता हुँदै, श्रम स्वीकृति अब पूर्ण रूपमा ‘अटोमेसन’ मा!

लक्की खबर