१५ मंसिर,ठोरी । पर्सामा वडाध्यक्षहरुले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन वडाध्यक्ष एकता समाज गठन गरेको छ ।

ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न पर्साका वडाध्यक्षहरुको भेलाले आज तदर्थ समिति गठन गरेको नवगठित समितिका अध्यक्ष विजय गैरेले जनाएको छ । स्थानीय सरकारको अङ्गका रुपमा काम गरिरहँदा वडाध्यक्षहरुले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन , वडाध्यक्षहरुको क्षमता अभिवृद्धि गर्न तथा वडाध्यक्षहरु बिचमा एकता कायम गर्ने उद्धेश्यले एकता समाज गठन गरिएको अध्यक्ष गैरेले बताए ।


त्यस्तै समितिको उपाध्यक्षमा सुभाष कुमार यादव,ुसचिवमा दिपेनद्र कुमार सिँह,कोषाध्यक्षमा अष्ट बहादुर लोप्चन,सह सचिवमा मोजामिल मियाँ सदस्यमा ढेडी प्रसाद यादव,महादेव महतो थारु,जय नारायण प्रसाद कुर्मी,जय प्रकाश चौरसिया बिपन मुखिया लगायतको उपस्थिति रहेका थिए ।


