Lucky-Khabar_

पर्साको सरिसवा पुलमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु

१७ मंसिर, वीरगञ्ज ।पर्साको पावरहाउस – ड्राइपोर्ट रोडखण्डमा पर्ने वीरगञ्ज-१३ सरिसवा स्थित पुलमा करिब ९ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।

content ad p2

उक्त दुर्घटनामा प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलमा सवार बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षिय जटाशंकर प्रसाद जैसवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।


प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) किशोर लम्सालका अनुसार उनको साथबाट प्राप्त परिचयपत्रको आधारमा जैसवार नै रहेको भनिए पनि सनाखत हुन बाँकी छ ।

डिएसपी लम्सालका अनुसार अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिइएकोछ । सो कारण नियन्त्रणमा लिइएको ट्रकको नम्बर खुलाईएको छैन ।

दुर्घटनामा परेकोमृतकको शव पोष्टमार्टमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको डिएसपी लम्सालले जानकारी दिएको छ ।

#दुर्घटना

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर