२९ मंसिर,पर्सागढि । पर्साको बनगस्ती टोलिले सखुवाप्रसौनी गाउपालिका वडा न १ औराहा गाउँबाट अबैध झालढोका सेट बरामद गरेको छ ।

सब डिबिजन बन कार्यालय बडनिहार र बिन्दबासिनी कोईलाभार साझेदारि बनको सयुक्त गस्ती टोलिले बिशेष सूचनाको आधारमा झालढोका सेट बनायर अन्यत्र पठाउन राखेको सालको झाल सेट आठ र ढोका सेट ५ सब डिबिजन बन कार्यालय बडनिहारका जमदार जितबहादुर तमाङ्गको कमान्डमा खटेको टोलिले बरामद गरेको हो ।

बरामद झालढोका १ लाख भन्दा बढि मुल्यको रहेको र आवश्यक कार्वाहिको लागि सब डिबिजन बन कार्यालय बढनिहारमा राखिएको छ | उक्त बरामद काठ कस्को घरबाट बरामद गरेको खुलाएको छैन भने बन अधिकृत नवमित मिश्राले बताए ।


