Lucky-Khabar_

जनकपुरलाई चितवनले हरायो, प्लेअफ सम्भावना कायमै

२९मन्सिर्, काठमाडौं | नेपाल प्रिमियर लिगमा शनिबार जनकपुर बोल्ट्सलाई ३२ रनले चितवन राइनोजलेपराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।

content ad p2

जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै कीर्तिमानी अर्धशतक बनाएका थिए।

आसिफ शेखले २३ रन, सुभ कंशकारले १५ रन र मोहम्म मोसिनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २-२ विकेट लिए। अमर रौटेलाले १ विकेट लिए।


यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो।

त्यस्तै चितवनका लागि कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै रवि बोपारा ४४ रन बनाए। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।

हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १-१ विकेट लिए।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर