१ पुष,काठमाडौँ ।बेचन झा र प्रतीक थापालाई उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएकोले थुनामै पठाउन आदेश गरेको छ ।

झाले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौँले आफूलाई गैरकानूनी रूपमा थुनामा पठाएको भन्दै निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झामाथि अरु आरोपितहरूलाई झैँ ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।


झाका साथै प्रतीक थापालाई पनि थुनामा राख्ने न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएको थियो ।


