Lucky-Khabar_

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

१ पुष,काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित अन्य केही व्यक्तिहरूलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान प्रतिवेदन तयार गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।

लामिछानेविरुद्ध सूर्य दर्शन सहकारी संस्थामा बचतकर्ताको रकम अनियमिततासँग अनुसन्धान हुँदै छ । सोहि मुद्दामा प्रहरीका पूर्व डिआइजी छविलाल जोशी लगायत अन्य व्यक्ति पनि प्रतिवादीका रूपमा छन् ।
अनुसन्धानका क्रममा लामिछानेले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत दुरुपयोग गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “सहकारीको रकम जथाभाबी खर्च गरी अनियमितता गरिएको पुष्टि भएको छ, जसमा लामिछानेको प्रत्यक्ष संलग्नता प्रमाणित हुन्छ ।”

लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्नका लागि काटेको चेक प्रहरीले बरामद गरेको छ, जसलाई ठगीमा संलग्नताको बलियो प्रमाणका रूपमा लिएको छ । विशेष गरी, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथिको अनुसन्धानका क्रममा लामिछानेद्वारा काटिएको चेक फेला परेको थियो । सोही प्रमाणका आधारमा लामिछानेलाई सोधपुछ गरिएको बताइएको छ ।

यद्यपि, लामिछानेले भने आफू निर्दोष रहेको दाबी गरेका छन् । उनका अनुसार, “गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा हुँदा आवश्यक कामका लागि रित्तो चेक काटेर ड्रवरमा राख्ने गरेको थिएँ । पछि कसैले चेकमा नाम लेखेर दुरुपयोग गरेको हुनसक्छ ।”

यस प्रकरणको अनुसन्धान पोखराको सूर्य दर्शन सहकारीबाट सुरु भए पनि त्यसपछि अन्य चार सहकारी संस्थासम्म फैलिएको थियो । तीमध्ये काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी र वीरगञ्जको सानो पाइला सहकारीमा समेत बचतकर्ताको रकम अनियमितताका विषयमा बयान लिइएको छ ।

उक्त सहकारी संस्थाहरूमा भएका अनियमितताको विस्तृत छानबिन गरी दोषीहरूमाथि कारबाहीका लागि प्रतिवेदन प्रहरीले बुझाइसकेको छ । अब यस मुद्दामा सरकारी वकिलको कार्यालयको रायअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर