Lucky-Khabar_

भारतमा १०७औँ पटक संविधान संशोधनको तयारी

२ पुष,काठमाडौं । भारत सरकारले आज लोकसभामा ‘एक देश, एक चुनाव’का लागि भनेर संविधान संशोधन विधेयक पेस गरेको छ । भारतमा हुने लोकसभा र विधानसभा चुनाव एकैसाथ गराउने उद्देश्यका साथ भारतका संघीय कानूनमन्त्री अर्जुन राम मेघवालले संविधान संशोधनको विधेयक पेस गरेका हुन् ।

content ad p2

भारतमा सन् १९५१ देखि १९६७ सम्म लोकसभा र विधानसभा (प्रदेशसभा)को चुनाव एकैपटक हुन्थ्यो । तर, पछि गएर यी दुई तहका चुनाव फरकफरक समयमा गर्न थालियो ।

भारतको संविधान विश्वमा सबैभन्दा धेरैपटक संशोधन हुने संविधान हो । २६ नोभेम्बर १९४९ मा जारी भएको भारतको संविधान तयार गर्न नै चार वर्ष लागेको थियो । चार वर्ष लगाएर तयार पारिएको भारतको संविधान विश्वकै सबैभन्दा लामो लिखित संविधान हो । तर, यो संविधान जारी भएको एक वर्षपछि २६ नोभेम्बर १९५० देखि लागु भएको थियो ।
संविधान जारी भएको दुई वर्षपछि र लागु भएको एक वर्षपछि पहिलोपटक भारतीय संविधान संशोधन गरिएको थियो । भारतमा संविधान संशोधन गर्न दुईतिहाइ बहुमत चाहिन्छ । संविधान संशोधन विधेयक भारतको लोकसभा र राज्यसभा दुवै सदनबाट दुईतिहाइले पारित हुनुपर्छ ।

सन् १९५१ मा भएको संशोधनमा जातीय र धार्मिक आधारमा भेदभाव गर्न नपाइने व्यवस्था थपिएको थियो । त्यसयता भारतीय संविधानमा बारम्बार संशोधन गरिएको छ । पछिल्लोपटक सन् २०२३ मा लोकसभा र विधानसभाा (प्रदेस संसद्)मा महिलाहरूका लागि एकतिहाइ सिट आरक्षण गर्ने व्यवस्था गर्न संविधान संशोधन गरिएको थियो ।

भारतभर लोकसभा र विधानसभाको चुनाव एकैसाथ गराउने व्यवस्था गर्न संसद्मा पेस गरिएको संशोधन विधेयक पारित भएमा भारतीय संविधान १०७औँ पटक संशोधन हुनेछ । र, १०७औँ पटक संशोधन हुने विश्वकै पहिलो संविधान हुनेछ ।

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर