Lucky-Khabar_

खानेपानी मन्त्री प्रदीप यादवले पर्सामा विद्यमान खानेपानीको समस्या पूर्णरूपमा समाधान गर्ने बताए

१९मन्सिर,वीरगन्ज|  खानेपानी मन्त्री प्रदीप यादवले पर्सामा विद्यमान खानेपानीको समस्या पूर्ण रुपमा समधान गरिने बताएका छन्।

वीरगन्ज महानगरपालिका पर्साको जनता सडकअन्तर्गत पर्ने रामराजापुलदेखि प्रसौनी विर्ता, इनर्वा मनियारी हुँदै जगरनाथपुरसम्म  खानेपानी नयाँ पाइपलाइन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले  बताएका हुन्।

‘१  घर एक धाराको अवधारणा सरकारको छ। त्यहीअनुसार खानेपानी मन्त्रालयले विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। हामीले वीरगन्जको इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना आज सुरुवात गरेका छौं। पर्सा जिल्लाका नागरिकले भोगिरहेको खानेपानीको समस्या समाधान गरेरै छोड्छौं।’ यादवले जनाए |

त्यस्तै   वीरगन्ज महानगरपालिकामा थपिएका नयाँ वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व भएको पनि उनले बताए। मन्त्री यादवले महानगरमा थपिएका वडाहरूमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व रहेको बताए। उनले भने,

आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नतर्फ अग्रसर रहेको उनले बताए। पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरू सुक्दै जान थालेकाले तराईलगायतका क्षेत्रमा भूमिगत पानी सुक्न थालेको र चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको तर्क  छ।

content ad p2

सम्बन्धित खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर