Lucky-Khabar_

सर्लाहीको हरिवनमा व्यवसायी प्रसाईको हत्या गरि शव घरनजिक जमिन मुनी राखेकोबाट बरामद

  २०  पुष,सर्लाहीको हरिवनमा व्यवसायी ईटा प्रसाईको हत्या गरि शव घरनजिक जमिन मुनी राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

हरिवन नगरपालिका वडा नं. १०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाई पुस १५ गतेदेखि  बेपता थिए। प्रहरीले लामो खोजी कार्यपछि, शनिवार बिहान ११ बजे सर्लाहीको उखुबारीमा गाडिएको अवस्थामा प्रसाईको शव बरामद गरेको हो।

प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका वडा नं. ९, मूर्तिया क्षेत्रबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए। तर, उनी घर नफर्किएपछि परिवार, गाउँले, आफन्त र प्रहरीको टोलीले निरन्तर खोजी गरिरहेको थियो भनि प्रहरीले जानकारी दिएको  छ |

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता र प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले निरीक्षण गरेका छन्।

प्रहरीले प्रसाईको हत्यामा संलग्न हुनसक्ने आशंकामा १  स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ। अहिले   युवकको नाम गोप्य राखिएको छ।

बरामद शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइ सम्पन्न गरिसकेको छ।सो  घटनासँग सम्बन्धित थप जानकारीका लागि प्रहरी अनुसन्धान भई रहेको छ।

content ad p2

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर