Lucky-Khabar_

रौतहट प्रहरीले ६ महिनामा ६६ तस्कर सहित २ करोड ५०लाख बराबरको अवैध सामान बरामद

४माघ्,गौर|जिल्ला प्रहरी कार्यालय रौतहट र युनिटहरूले गएको ६ महिनामा झन्डै २ करोड ५०लाख बराबरको अवैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको छ। बिहीबार सार्वजनिक गरिएको ६ महिने प्रगति प्रतिवेदनमा भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइएका विभिन्न प्रकारका सामान बरामद गरी भन्सारमा बुझाइएको उल्लेख छ।

प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म तस्करीमा प्रयोग भएका २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई-रिक्सा, १०८ थान मोटरसाइकल र १४ थान साइकलसमेत बरामद गरिएको छ। साथै, ६६ जना तस्करलाई पक्राउ गरी कानूनी कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रहरीले हुण्डी कारोबारमा संलग्न ३ जनालाई १५ लाख रुपैयाँसहित पक्राउ गरेको छ। चोरीसम्बन्धी कारबाहीमा २ थान स्कार्पियो र २१ वटा मोटरसाइकलसहित २४ जना पक्राउ परेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार, सोही अवधिमा कर्तव्य ज्यानका ९ मुद्दा दर्ता भएकोमा ५ फर्छ्यौट भएका छन्। जबरजस्ती करणीका १३ मुद्दामध्ये ६ फर्छ्यौट भएका छन्। लागूऔषध सम्बन्धी १५ मुद्दा दर्ता भई १४ फर्छ्यौट भएको छ। हातहतियार खरखजाना सम्बन्धी ६ मुद्दा दर्ता हुँदा ५ फर्छ्यौट भएका छन्।

चालू आवको पहिलो ६ महिनामा चोरीसम्बन्धी ३८ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएका छन्। गत वर्षको सोही अवधिमा ३५ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएको थियो। मुद्रा सम्बन्धी ४ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएका छन्।


त्यस्तै  राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करहरूले अवैध रूपमा कटान गरी ल्याएको ११८ क्यूफिट सालको गुलिया काठ र ३ ट्रली बालुवा नियन्त्रणमा लिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। नदीजन्य पदार्थ ढुवानीमा प्रयोग भएका २३ सवारीसाधन नियन्त्रणमा लिई ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।


रौतहट ट्राफिक प्रहरीले नियम विपरीत चलेका सवारीसाधनमाथि गरेको कारबाहीबाट ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

रौतहट प्रहरीको तथ्याङ्कले अपराध र तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको सक्रियता स्पष्ट पारेको छ। यसलाई थप सशक्त बनाउन स्थानीय समुदायको सहयोग आवश्यक रहेको प्रहरीको धारणा छ।

content ad p2

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर