Lucky-Khabar_

फुपू-भदैको मृत्यु प्रकरणमा २ जना पक्राउ

१४माघ्,काठमाडौं|आछाम जिल्लाको ढकारी गाउँपालिका ८ मा फुपू भदैनी मृत्युको घटनाको विषयमा सोधपुछ गर्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आइतवार साँझ दुई जनालाई ढकारीबाट नियन्त्रणमा लिएको हो।

content ad p2

पक्राउ पर्नेमा २ जना २० वर्ष मुनिका रहेका अछामका प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। उनले भने, ‘मृतकका आफन्तले शंका गरेका दुई जनालाई नियन्त्रणमा लिएका छौं। सोधपुछको लागि दुवै जनालाई मंगलसेन ल्याएका छौं। सूक्ष्म तरिकाले घटनाको अनुसन्धान भइरहेको छ।’

शुक्रवार बाख्रा चराउन गएका १४ वर्षीया ईसरा र १५ वर्षीया सरस्वती खड्का सम्पर्क विहीन भएका थिए। आफन्तहरूले खोजी गर्ने क्रममा शनिवार मात्र षोडशा सामुदायिक वनको छिन्ने ओढार भन्ने ठाउँमा उनीहरू मृत फेला परेका थिए। मृतकका परिवारले भने हत्याको आशंका गरेका छन्। शब पोस्टमार्टमका लागि नेपालगन्जको भेरी अस्पतालमा पठाइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भण्डारीले जानकारी दिए।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर