Lucky-Khabar_

मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी: जीवनको संघर्ष, होटलमा जुठो माँझेर गुजारा चलाउँदै

  1. १४माघ,बिरगंज ।बिरगंज स्थित  नेपाली सेनाको व्यारेक पछाडिको होटल लाइनमा रहेको कटेरोभित्र विनीता देवीले एउटा सानो खाना, नास्ता, र चिया पसल सञ्चालन गरिरहेकी छिन्। ३२ वर्षीया विनीता देवी मधेस आन्दोलनका सहिद सोहनप्रसाद गुप्ताकी पत्नी हुन्। उनका पति २०७२ साउन १५ गते वीरगञ्जको नगवामा मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेपछि विनीता देवीले आफ्नो जीवनको कठिन संघर्ष एक्लै जारी राख्नुपरेको छ।
content ad p2

संघर्षपूर्ण यात्रा
‘उहाँ हुँदा हामी दुवै मिलेर होटल चलाउँथ्यौं,’ विनीता देवी भन्छिन्, ‘तर उहाँ गएपछि एक्लै भए पनि बच्चाहरूको भविष्य बनाउन अहोरात्र मिहिनेत गरिरहेकी छु।’ विनीताको यो सानो होटलले परिवारको गुजारा चलाइरहे पनि तीन वर्षअघि आएको हुरीले उनको फुसको छाप्रो उडाएपछि होटेलनजिकै डेरा लिएर बस्नुपरेको छ।

दुई नाबालक छोराको भविष्यका लागि संघर्ष
सहिद पति गुमाइसकेपछि उनले आफ्नो सम्पूर्ण जीवन दुई छोराको भविष्य बनाउने सपनामा समर्पित गरेकी छिन्। विनीता देवीका छोराहरूलाई मिनिल्याण्ड स्कुलले निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ। ‘बुवाको अनुहार सम्झना नभएका छोराहरूलाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने मेरो सपना छ,’ उनले भनिन्।

सरकारी राहत र चुनौतीहरू
पति सहिद भएपछि सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँ र बलिदानी दिवसमा प्राप्त २ र ३ लाखको रकमले उनले नगवामा ५ धुर जग्गा खरिद गरिन्। तर, उक्त घडेरीमा सानो घर बनाउने उनको सपना अहिलेसम्म पूरा हुन सकेको छैन। ‘मेरो पालामा नभए पनि छोराहरूले भविष्यमा बनाएलान्,’ उनले आशा व्यक्त गरिन्।

राजनीतिक उपेक्षा र गुनासो
विनीताले सहिद परिवारको बेवास्ता गरिएको गुनासो गरिन्। २०७४ मा वडासदस्य बनाइएपछि जागिर पाउने अवसरबाट वञ्चित भएको र २०७९ को निर्वाचनमा वडाध्यक्षको टिकट पाउन नसकेको अनुभव सुनाइन्। ‘सहिद परिवारको कदर छैन। पार्टीलाई सत्ता र कुर्सीमात्र चाहिएको छ,’ उनले दुखेसो पोखिन्।

सहयोगको आवश्यकता
आन्दोलनका घाइते तथा सहिद परिवारको सहयोगमा सक्रिय अभियन्ता प्रकाश थारुले विनीताको परिवारको तत्काल आवश्यकता टाउको ओत लगाउने घर भएको बताए। ‘सहिद पत्नी जुठा भाँडा माझेर गुजारा गरिरहेकी छिन्, यो भन्दा लज्जास्पद अरू के होला र?’ उनले भने। अभियन्ताहरूको टोलीले सहिद परिवारलाई सानो भए पनि घर बनाइदिन प्रयास गरिरहेको जानकारी दिए।

विनीता देवीको संघर्षले सहिद परिवारको अवस्था, उनीहरूप्रति राज्यको बेवास्ता, र राजनीतिक बेथितिको कथा बोलिरहेको छ। उनको सपना छोराहरूको उज्ज्वल भविष्य हो, जुन पूरा गर्न उनले आफ्नो जीवनलाई समर्पित गरेकी छिन्।एजेन्सि

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर