Lucky-Khabar_

नेशनल मेडिकल कलेज बिरगंजले आज नर्सिङ दिवस मनायो

 १५माघ्,बिरगंज |  वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज नेपाल नर्सिङ दिवस मनाएको छ । मेडिकल कलेजले बिशेष कार्यक्रमका साथ नर्सिंग दिवस मनाएको हो ।

content ad p2

नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले आफ्नो मन्तव्यमा सुझाव दिईन् ।

मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी, डाइरेक्टर रुबि यास्मिन कलेजका प्राध्यापक डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

यसै  नर्सिङ दिवसकै अवसर पारेर मेडिकलका बिरामीहरूलाई फलफूल पनि वितरण गरिएको थियो ।

नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

सो कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह, कलेजमा कार्यरत नर्सहरु सबिता गुप्ता,गोमा के. सी.र आर्य प्रीति राउत , कर्मचारी लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर